मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै देह त्याग

वैदेशिक रोजगारीका लागि कतारमा रहेका श्रीमानको अर्कै महिलासंग प्रेम सम्बन्ध भएको थाहा पाएकी एक महिलाले श्रीमानलाई भिडियो कल गरेर देह त्याग गरेकी छन् । रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते कतारमा भएका आफ्ना श्रीमानलाई मध्यरातमा भिडियो कल गरेर झुण्डिएर देह त्याग गरेकी हुन् ।

अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । अमृताका पति राजन वैदेशिक रोजगारीका लागि कतारमा छन् । उनी कतारमै छँदा भियतनाममा रहेकी एक महिलासंग प्रेममा परेको थाहा पाएपछि अमृताले देह त्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राति ८ वजे आफुलाई ह्यु नामवाट आएको फ्रेण्ड रिक्वेष्ट स्वीकार गरेपछि कुरा हुँदै जाँदा उ आफ्नै श्रीमानको प्रेमीका भएको अमृताले थाहा पाएकी थिइन् । अमृताले प्रयोग गरेको मोवाइलमा रहेको सो भिडियो देखेपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । उनका पति राजन श्रीमतीको मृत्युपछि नेपाल आएका छन् । प्रहरीले उनलाई पक्राउ गरेर धरौटीमा छुटेका छन् ।



अमृताको दाइ नरबहादुर कुँवरले बेहोश बनाएर बहिनीलाई झुण्ड्याएर मारेको भन्दै श्रीमान राजन कुँवर, दिदी गोमा कुँवर, सासुससुरा पवित्रा र खड्क कुँवरविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका छन् । परिवारले यातना दिने गरेको भन्दै बहिनीलाई झुण्ड्याएर मारेको आरोप लगाउँदै उजुरी दिएका कारण अहिले पनि अमृताको शव शिक्षण अस्पतालमै छ । भीयतनामबाट म्यासेज गरेको न्हूले एक्कासी अमृतालाई ‘तिम्रो डिभोर्स’ भएको हो भनेर सोधे पछि उनीहरुको कुरा हुँदै जाँदा ती युवतीले राजनसंग आफ्नो प्रेम सम्बन्ध रहेको र आफुलाई भेट्न राजन भियतनाम आउन लागेको जानकारी समेत दिएकी थिइन् ।

त्यसपछि अमृताले न्हूलाई राजन आफ्नो श्रीमान भएको बताइन् भने राजनको र आफ्नो फोटो समेत पठाइन् । त्यसपछि न्हूले ‘सरी’ भन्दै म्यासेज गर्न छाड्छिन् । अमृताले आफ्ना श्रीमानको प्रेमीकासंग त्यती कुरा गरेपछि आफ्ना श्रीमानलाई ती युवतीका बारेमा सोध्छिन् । पहिला आलटाल गरेका राजनले पहिला–पहिला कुरा हुन्थ्यो । आजकाल हुँदैन भनेर टार्न खोजे ।
अमृताले त्यसपछि पनि राजनलाई म्यासेज गरिन्, ‘अब म मर्छु ।’ राजन सम्झाउन खोजिरहन्छन् । पहिलो पटक ११ः ५० मा अमृताले सलको पासो झ्यालको ग्रिलमा बाँधेर फोटो खिचेर राजनलाई पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसपछि राजनले जति सम्झाउने प्रयास गरेको भएपनि उनले नमानेको प्रहरीले जनाएको छ । घाँटीमा पासो लगाएर राजनलाई फेरि म्यासेज गर्दै उनले भनेकी छिन्, ‘म मर्न लागें । एक्लै मर्न गाह्रो हुँदोरहेछ ।’

राजनले लेखे, ‘म छु नि त । त्यस्तो नगर । त्यसो भए म पनि मर्छु ।’ त्यसपछि उनले पासो लगाएर देह त्याग गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । झ्यालको ग्रिलमा कपडाको पासो लगाएर आत्महत्या गर्नुअघि अमृताले राजनलाई भिडियो कल गरेकी हुन् । भिडियो कल गरेकी अमृताको श्वास रोकिएपछि मोबाइल आत्महत्या गरेको ठाउँमुनि भेटिएको हो । सोही मोबाइलको आधारमा अमृताले आत्महत्या गर्नुको कारण पनि खुलेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार