सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपचारको लागि सिंगापुरमा रहेको बेला पार्टीको सचिवालय बैठक बोलाएका छन् । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले भोलि (सोमबार) विहान १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् ।
बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुनेछ । आज अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले स्पष्ट पारिसकेको छ । लगत्तै, प्रचण्डले विशेष गृहकार्यसहित सचिवालय बैठक बोलाएका हुन् ।