अमिताभ बच्चनले आफ्नो सम्पत्ति छोराछोरी दुवैलाई बराबरी बाँड्ने

बलिउडका लोकप्रिय अभिनेता अमिताभ बच्चनले भारतीय परम्परा तोड्दै छोरा र छोरीका सवालमा एउटा महत्वपूर्ण निर्णय गरेका छन्।

पैतृक सम्पत्तिमा छोराको मात्र हक लाग्ने भारतीय समाजको विभेदकारी संस्कारविपरीत अमिताभले आफ्नो सम्पत्ति छोरा र छोरी दुवैलाई बराबर दिने घोषणा गरेका हुन्।



उनका एक छोरा र छोरी छन्। छोरा अभिनेता अभिषेक बच्चन हुन् भने छोरी स्वेता नन्दा हुन्। हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका अतिथितसमक्ष आफ्नो अवसानपछि आफ्नो सम्पति आफ्ना एक मात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका हुन्। त्यसमा छोरी स्वेता नन्दाको पनि बराबरी हक लाग्ने उनले बताएका छन्।

उनले भने, ‘म नरहेपछि धेरथोर जे जति सम्पत्ति छ, त्यो मेरा सन्तानको हुनेछ। मेरा एक छोरा र एक छोरी छन्। यो दुवैलार्इ बराबरी बाँडिनेछ।’

यो घोषणा गर्दै उनले भारतीय समाजमा लैंगिक समानताको सन्देश दिन खोजेका हुन्। अमिताभको उक्त निर्णयको धेरैले स्वागत र प्रशंसा गरेका छन्।

अमिताभ बच्चन बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता मध्येका एक हुन्।

सम्बन्धित समाचार