आज यी स्थानहरुमा चट्टयांगसहित भारी वर्षा हुने

सोमबार देशका पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको छ।

सोमबार दिउँसो देशभरी सामान्य बदली रहि केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ। देशको पश्चिमी भू–भागका एक र दुईस्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित मध्यम वर्षा हुने सम्भावना छ। पश्चिमी भू–भागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पश्चिमी भू–भागमा यात्रा गर्दा सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित समाचार