नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा मंगलबारबाट नाडा अटो शो २०१९ सुरु भएको छ । सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरु सहभागी मेला आगामी भदौ १५ गतसम्म चल्नेछ । अर्थमन्त्री युवराज खतिवडाले मेलाको उद्घाटन गरे ।
यो नाडाको १४ औं संस्करण हो । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु भएको छ । यस वर्ष मेलाले भृकुटीमण्डपको कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगट्ने नाडाका अध्यक्ष शम्भु दाहालले जानकारी दिए ।
यो संस्करणमा पनि सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्सले शीर्ष प्रायोजन गरेको छ । मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।
चाड(पर्वहरुको पूर्वाद्धमा आयोजना भएको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष(अप्रत्यक्ष रुपमा संलग्न सबैलाई लाभ मिल्ने विश्वास नाडाको छ ।
प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दो छ । यसले सवारी साधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा पनी चित्रण हुन थालेको आयोजकको ठम्याइ छ ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु छन् । मेलामा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट(पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत छ ।
प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट(पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता छ ।
प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २(पाङग्रे, ४(पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा(छुट्टै प्रदर्शन गरिएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा राखिएको छ ।
६ दिन सम्म चल्ने उक्त नाडा अटो(शोमा लगभग ७५ हजारले अवलोकन गर्ने अनुमान छ । ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जिपिएक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ ।