ऋतिक र टाइगरको फिल्म ‘वार’ को ट्रेलर रिलिज

यस बर्षको बलिउडको प्रतिक्षित फिल्म मध्येको एक अभिनेता द्वय ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ को ट्रेलर सार्वजनिक भएको छ ।

आ–आफ्नो एक्सन र स्टन्टका कारण परिचित दुवै अभिनेता पहिलो पटक एक साथ फिल्म ‘वार’ मा देखिँदैछिन् । फिल्मको ट्रेलरमा भरपूर्ण एक्सन र सस्पेन्स देख्न सकिन्छ । आगामी अक्टोबर २ मा रिलिज हुन् लागेको यस फिल्ममा ऋतिक र टाइगरको द्वन्दलाई एक्सनपूर्ण रुपमा देखाइएको छ ।



फिल्ममा ऋतिक कबीरको भूमिकामा छन्, जो सेनाका अधिकारी हुन् । तर, अब उनी बागी भएका छन् । उनीसँग सामना गर्न उनकै बेस्‍ट स्‍टूडेन्ट खालिद उर्फ टाइगर श्राफ उत्रिन्छन् । फिल्मको एक्सन सिन जबरजस्त छ र ऋतिक र टाइगरलाई यस प्रकारको एक्सनमा निकै सुहाएको छ ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘वार’ को निर्माण यश राज प्रोडक्सनले गरेको हो । यस फिल्मको एक्सन चेज सिक्वेन्स सुपरबाइक्सलाई पोर्चुगलको सबैभन्दा अग्लो हिमाल ‘सेरा दा एस्ट्रेला’ मा हाईस्पीडमा दौडाइएको थियो । सिक्वेन्स गर्नका लागि र यी सुपरफास्ट बाइक्सलाई चलाउन ऋतिक र टाइगरले विशेष प्रशिक्षण समेत लिएका थिए । समुद्री तलभन्दा ‘सेरा दा एस्ट्रेला’ को उचाई ६ हजार ५ सय ३९ फिट छ ।

फिल्ममा आशुतोष राणा र वाणी कपूर पनि प्रमुख भूमिकामा छन् । हिन्दी, तमिल र तेलुगू भाषामा ‘वार’ रिलिज गरिनेछ । टाइगर(ऋतिकबीच फिल्मांकन गरिएको एक्सन र स्टन्ट सिन ४ एक्सन निर्देशकको निगरानीमा भएको हो ।

फिल्म वारको ट्रेलर

सम्बन्धित समाचार