प्रभास भन्छन् ‘प्रधानमन्त्री बनेँ भनेँ अन्तर्वार्ता दिन बन्द गरिदिन्छु’

फिल्मको प्रचारका लागि साहो टिम भारतीय टिभी च्यानलबाट प्रशारण हुने द कपिल शर्मा शोमा पुगेको थियो ।

बाहुबली स्टार प्रभासको अभिनित चलचित्र साहो टिमलाई कपिल शर्माले खुबै हँसाए । यसैबीच कपिलले प्रभासलाई सोधे कि एकदिनको लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ?



कपिल शर्माको यो प्रश्न सुनेर प्रभासले भने, ‘म फिल्म उद्योगमा अन्तर्वार्ता दिन बन्द गरिदिन्छु ।’

अर्को एक प्रसंगमा कपिलले प्रभासलाई सोधेका थिए, “के तपाईलाई ५००० म्यारिज प्रपोजल आएको थियो ?” यसको उत्तरमा प्रभासले भने यो त Rumour हो । कपिलले जोक गर्दै भने उनलाई त जम्मा एउटा प्रपोजल आएको थियो र उनले त्यसैलाई विवाह गरे ।

कपिल शर्माको शोमा आएका निल नितिन मुकेश र श्रद्धा कपूरले पनि रमाइलो गरे । साहो आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

सम्बन्धित समाचार