पूर्वी अफगानिस्तानमा ३७ तालिबान लडाकू मारिए

अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गलबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकू मारिएका छन् । स्थानीय प्रहरीले बुधबार उक्त जानकारी दिएको हो ।

तालिबानको सारा केटा अर्थात रेड यूनिटका समूहले मंगलबार राती मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला छोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।



सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरी उपप्रमुख मसुद बबाकारखिलले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।

सुरक्षा अधिकारी र तालिबान लडाकूबीच सात घण्टासम्म झडप जारी रहेको थियो । सो झडपको क्रममा सुरक्षाबलका एक जना सदस्य घाइते भएको र उनलाई सेनाको शिविरमा सारिएको जनाइएको छ ।

मारिएका तालिबान लडाकूको शव अफगान रेड क्रिसेन्ट वा स्थानीय गाउँलेलाई हस्तान्तरण गरिने बबाकारखिलले बताउका छन् ।

पहाडी प्रान्तहरुलाई नियन्त्रणमा लिएर बसेको तालिवान लडाकू समूहले बारम्बार सुरक्षाबलमाथि आक्रमण गर्दै आएका छन् ।

यस सुरक्षा कारबाहीको विषयमा तालिबानी लडाकू समूहले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

सम्बन्धित समाचार