होशियार ! के तपाईंको पासवर्ड पनि ह्याक भएको छ ?

कहिलेकाहि तपाई‌ंको आफ्नै गल्तीले इन्टरनेट आश्रित एकाउन्टहरु ह्याक हुन्छन् । डिजिटल जीवनको सबैभन्दा ठूलो समस्या भनेको पासवर्ड व्यवस्थापन नुहुनु हो । लामो वा अप्ठ्यारो पासवर्ड राखे सम्झन गाह्रो हुने र सजिलो पासवर्ड भए अरुले अनुमान गरी एकाउन्ट ह्याक गरिदिने समस्या हुन्छ । यसरी एकाउन्ट ह्याक हुनुको पछाडीको सबैभन्दा प्रमुख कारण हो, सजिलो पासवर्ड हुनु हो ।

विश्वको सबैभन्दा सजिलो र छिट्टै ह्याक हुने पासवर्ड भनेको १२३४५६ हो । बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले गरेको अनुसन्धानअनुसार विश्वका अधिकाशं मानिसले राख्ने छरितो डिजिटल पासवर्ड भनेको १२३४५६ नै हो ।



जसलाई विश्वका २ करोड ३० लाखभन्दा बढी मानिसले डिजिटल पासवर्ड राखेको साइबर सेन्टरले जनाएको छ । त्यस्तै ७७ लाखभन्दा बढीले १२३४५६७८९ लाई पासवर्ड राखेका छन् ।

त्यसका अलावा २५८०, password र १११११ लाई पासवर्ड राख्नेहरुको संख्या समेत लाखौं छ । ह्याकरले सजिलै ह्याक गर्न सक्ने २० जोखिम युक्त पासवर्डहरु निम्नानुसार छन् ।

१. १२३४५
२. १२३४५६७८९
३. २५८०
४. त्तधभचतथ
५. Password
६. १११११
७. १२३४५६७८
८. abc123
९. १२३४५६७
१०. password1
११. १२३४५६७८९०
१२. १२३१२३
१३. ००००००
१४.Iloveyou
१५. १२३४
१६. 1q2w3e4r5t
१७. Qwertyuiop
१८. १२३
१९.Monkey
२०.Dragon

सम्बन्धित समाचार