रेल्वे स्टेशनमा गीत गाउने वृद्ध महिला भइन् एकाएक चर्चित

जब मानिसलाई भाग्यले साथ दिन्छ उसको जीवन केही क्षणमै परिवर्तन हुन्छ ।  भारतकी रानु मण्डलको जीवनमा पनि त्यस्तै भएको छ । पूरै जिन्दगी रेल स्टेशनमा गरीबीमा गुजारेकी रानू मण्डलको जीवन यतिबेला फेरिएको छ ।

उनले भारतकी चर्चित गायिका लता मंगेश्करको एक गीत एक प्यारका नगमा है गाएकी थिइन् । यही गीतले उनको जीवनमा उज्यालो छाइदियो ।



रानूको उक्त गीतले दर्शकमा यस्तो जादु चलायो कि, सामाजिक सञ्जालमा उनको भिडियो ट्रेन्डिङमा आयो । उनलाई गायक हिमेशले गीत गाउने मौका दिए । अहिले खबर आएको छ कि, सलमान खानले ती बूढी महिलाको गीतबाट प्रभावित भएर आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा मौका पनि दिने भएका छन् ।

त्यति मात्र होइन, सलमान खानले रानूलाई मुम्बईमा ५५ लाखको घर पनि गिफ्ट गरेका छन् । भारतीय मिडियामा यो खबर छाए पनि यसको आधिकारिक जानकारी भने आएको छैन ।

हिमेशले पनि रानूको गायनबाट प्रभावित भएर एउटा गीत गाएका थिए । हिमेशले रानूसँग गीत गाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

रानूले सन् १९७२ मा रिलिज भएको फिल्म ‘शोर’ को गीत ‘एक प्यारका नगमा है’ गाएकी थिइन् । उक्त गीत गाएपछि एकाएक भाइरल बनिन् । उनको तुलना लता मंगेशकरसँग हुन थाल्यो ।

यसअघि रानू सोनी टिभीको एक रियालिटी शोमा पनि विशेष अतिथि बनेर पुगेकी थिइन् । रानू मुस्कुराउँदै भन्छिन्, ‘म रेल्वे स्टेशनमा यसकारण गाउँथे कि, मसँग बस्नका लागि घर थिएन, गीत गाएरै मैले आफ्नो पेट पाल्थेँ, कसैले बिस्कुट दिन्थ्यो, कसैले पैसा ।’

अहिले भने उनको जीवन पूर्णता फेरिएको छ । साँच्ची नै जीवनमा कर्म गर्दै जानुपर्दछ, भाग्यले कुनै कुनै दिन साथ अवश्य दिन्छ, यसको ज्वलन्त उदाहरण रानू भएकी छिन् ।

रानूको रेलवे स्टेशनदेखि बलिउडसम्मको यात्रा

सम्बन्धित समाचार