झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ कृतिमाथि निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

जन्मजात मस्तिष्क पक्षघातबाट पीडित झमकले भोगेको पीडा र सङ्घर्षलाई पर्दामा उतारिएको फिल्म कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदेछ । विनोद विष्ट फिल्मका निर्देशक तथा निर्माता हुन् ।



फिल्ममा झमक सानो छँदाको भूमिका सिलगुडिकी अवस्था थापाले निभाएकी छन् भने, ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेकी छन् । त्यस्तै, झमककी बहिनीको भूमिका अभिनेत्री सारिका घिमिरेले निभाएकी छन् । बुबाको भूमिकामा अभिनेता किशन सुना र आमाको भूमिकामा अभिनेत्री उमा गिरी छन् । फिल्ममा ३० बढी कलाकारको अभिनय छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई हुन् । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्मातामा रहेको फिल्ममा शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

फिल्मको सह निर्माता जुनु गौतम हुन् । साहित्यकार घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारको दृश्यका लागि कृत्रिम घर निर्माण गरि अधिकांश छायांकन जन्मथलो कचिडे (धनकुटा) मा गरिएको थियो ।

फिल्मको सुरु र अन्त्यमा झमक स्वयं देखिने बताइएको छ । उनको बाल्यकालदेखि पछिल्लो अवस्थासम्मको संघर्षपूर्ण पक्ष फिल्ममा समेटिएको छ ।

जीवन काँडा कि फूल’ को ट्रेलर

https://youtu.be/YVqxJF824KQ?t=53

सम्बन्धित समाचार