यू १९ नेपाली क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेल्दै

एसीसी यू १९ एसिया कप क्रिकेटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली यू १९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्दै छ । नेपाली टोलीको अभ्यास खेल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग हुँदैछ ।

पहिलो अभ्यास खेलमा नेपाल सङहलेस क्रिकेट क्लबको यू २३ टिमसँग ३ विकेटले पराजित भएको थियो । नेपालले एसीसी यू १९ एसिया कप क्रिकेटको तयारी स्वरुप अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।



भदौ १९ देखि २८ गतेसम्म हुने एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

त्यस्तै भदौ २२ गते बंगलादेश दोस्रो खेल र भदौ २४ गते युएईसँग समूहको अन्तिम खेल खेल्नेछ । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

सम्बन्धित समाचार