साफ यू १५ फुटबलः भुटानलाई हराउँदै नेपाल फाइनल प्रवेश

साफ यू १५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

नेपालले भुटानलाइ ५/० गोलको फराकिलो गोल अन्तरले पराजित गरेको हो ।



भारतको कल्याणी रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह सवाँ १२ बजे सुरु भएको थियो । भुटानलाई पराजित गर्दै नेपालले साफ यू १५ पुरुष फुटबल च्याम्पियनसिप फाइनल प्रवेश गरेको छ ।

नेपाललाई जित दिलाउन प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।

सम्बन्धित समाचार