मालपोत कार्यालय, बुटवलका खरिदार जीवनाथ पाण्डे र अर्का लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । उनीहरुलाई सेवाग्राहीसँग एक लाख बीस हजार घुस रकम लिदै गर्दा दिउँसो साढे १२ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
अख्तियार कार्यलय बुटवल शाखाका सूचना अधिकृत सुरेश भुषालका अनुसार उनीहरुलाई मालपोत कार्यालय परिसरबाट समातिएको हो । सेवाग्राहीको सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।