रक्तदान कार्यमा सहकार्य गर्न अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा एनआरएनबीच सम्झौता

रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर विश्वका २३ भन्दा बढी देशहरूमा रक्तदान सम्बन्धी विविध कार्यक्रमहरू संचालन गर्दै आइरहेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा विदेशमा बस्ने नेपालीहरूलाई एकजुट गराउने, नेपालभित्र र बाहिर उनीहरूको हितलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको गैर आवासिय नेपाली संघबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको तर्फबाट अध्यक्ष अजय सत्याल र गैरआवासिय नेपाली संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले हस्ताक्षर गरेका थिए ।



गैर आवासिय नेपाली संघको बालुवाटारस्थित कार्यालयमा भएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको तर्फबाट सचिव राहुल रेग्मी र गैर आवासिय नेपाली संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले सम्झौता पत्र आदानप्रदान गरेका थिए ।

सम्बन्धित समाचार