सुडान घोटालाका फरार ठेकेदार पक्राउ

सुडान घोटालामा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। भारतीलाई उनको निवास भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता एसएसपी दिपक रेग्मीले जनाए। उनले भने ‘हामीले पक्राउ गरेर कार्यालयमा ल्याउँदैछौ‌ केहिबेरमा सबै जानकारी दिने छौं।’

विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो।



सर्वोच्च अदालतले २०६४ को सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो। भारती नेपाल एजेन्टका रुपमा तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतको ठहर छ।

सम्बन्धित समाचार