अक्षय कुमारजस्ता देखिने यी व्यक्ति रातारात भए भाइरल, कतिले त अक्षयकुमार भन्दै फोटो नै खिचाए

संसारमा एउटा व्यक्तिको हुलिया मिल्ने व्यक्ति कति होलान् ? जुम्ल्याहा बाहेक पनि उस्तै उस्तै देखिने व्यक्ति बेलाबेलामा भेटिएको समाचारहरु आइरहेका हुन्छन् । केही समय अगाडि मात्रै नरेन्द्र मोदी जस्तै देखिने व्यक्ति सामाजिक संजालमा भाइरल बनेका थिए । अनुष्का शर्मा, आलिया भट्ट र प्रियंका चोपडापछि यतिबेला अक्षय कुमारको जस्तो अनुहार भएका एक व्यक्तिको चर्चा भइरहेका बेला अहिले सामाजिक संजालमा अक्षय कुमार जस्तै देखिने व्यक्ति अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

मीर माजिद नाम गरेका कश्मीरी व्यक्ति हेर्दा दुरुस्तै अक्षय कुमार जस्तै देखिन्छन् । उनको अनुहार अक्षय कुमारको अनुहारसँग हुबहु मिल्छ । झट्ट हेर्दा जोकोहीले उनलाई अक्षय कुमार भनेर झुक्किने गरेको बताइएको छ ।



सम्बन्धित समाचार