आज कुशे औंशी, बुवाको मुख हेर्ने दिन

आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् । बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्दछन् । यसै पर्वलाई बाबुको मुख हेर्ने पर्वको रुपमा पनि धुमधामसाथ मनाउने गरिन्छ । छोराछोरीहरुले आफ्ना बाबुलाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन छ । घरदेखि टाढा रहेका सन्तानहरुले पनि आज बाबुलाई फोनबाटै भए पनि सम्झने गर्दछन् ।बाबु दिवंगत भइसकेका सन्तानहरुले भने विभिन्न कुण्ड तथा तीर्थस्थलमा गई पितृ तर्पण गर्ने तथा पिताको नाममा ब्राह्मणलाई सिदा दान गर्ने गर्दछन् । काठमाडौंको गोकर्णलगायतका तीर्थस्थलहरुमा पितृ तर्पण गर्नेहरुको आज बिहानैदेखि भीड लागेको छ । मानिसले यस लोकमा जन्म लिएपछि पितृ ऋण, ऋषि ऋण र देव ऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ ।

हिन्दू धर्मावलम्बीले पूजाआजाका लागि वर्षदिनसम्म चाहिने कुश आज घरघरमा भित्र्याउँछन् । प्रत्येक वर्ष कुशे औँसीका दिन पूजा गरी भित्रइने कुश वर्ष दिनसम्म गरिने शुभकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुशलाई भगवान विष्णुको प्रतिकका रुपमा मानिन्छ । श्रीस्वस्थानीको कथा अनुसार भगवान विष्णुले पतिब्रता बृन्दालाई छल गरी अस्तित्व लुटेपछि बृन्दाले विष्णुलाई चार किसिमका श्राप दिएकी थिइन् । त्यसमध्ये घाँस हुनुपर्ने श्राप पूरा गर्नका लागि विष्णुले कुशको रुप धारण गरेको धार्मिक जनविश्वास छ ।



पुरोहितले आ–आफ्ना यजमानका घरमा कुश ल्याइदिने र त्यसलाई पूजा गरी पूजा कोठामा राखिने परम्परा छ । यसरी कुश घरभित्र ल्याउँदा शुभ हुने मान्यता राखिएको छ । वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधिहरु पनि बनाइन्छ । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो ।

सम्बन्धित समाचार