इरानमा महिला अधिकारकर्मी सबा कोर्ड अफशारीलाई हिजाब खोलेर बेश्याबृत्ति फैलाउन भूमिका खेलेको भन्दै २४ वर्षको जेल सजाय सुनाइएको छ । तेहरान रिभोलुस्नरी कोर्टले बिहीबार सो आदेश दिएको हो । २० वर्षीया ती युवतीलाई राज्यविरुद्धमा प्रोपागान्डा फैलाएको समेत आरोप लगाइएको छ ।
सबा र उनकी आमा रहेलेह अहमादी ह्वाइट वेनस्डे प्रोटेस्ट ग्रुपका महत्वपूर्ण सदस्य मानिन्छन् । उनीहरुले इरानका सडकमा हिंड्दा हेडस्कार्फ नलगाइ हिँडेको भिडियो हालै सार्वजनिक गरेका थिए ।
सबालाई गतवर्ष पनि घाँटीमा कलर भएको कपडा लगाएको आरोपमा पक्राउ गरी एक वर्ष जेल राखिएको हुमन राइट्स मोनिटरले जनाएको छ । (द सन)