दर्शकको अपेक्षामा खरो उत्रन सकेन ‘साहो’

‘बाहुवली र बाहुवली २’ जस्तो चलचित्रमा काम गरेपछि साउथ सुपरस्टार प्रभाषको क्रेज भारतमा मात्र नभई विश्वभर नै बढ्यो । यसैले उनका नयाँ चलचित्रप्रति दर्शकको चासो बढ्नु स्वभाविक हो । उनै, प्रभाषले करिब २ बर्ष लगाएर अभिनय गरेको चलचित्र ‘साहो’ आजबाट विश्वभर रिलिज भएको छ । २ दिन अगाडि दुबइमा आयोजित प्रेस शोबाट नै मिश्रित प्रतिक्रिया पाइरहेको यो चलचित्रलाई भारतीय समीक्षक र दर्शकले पनि प्रतिक्रिया दिएका छन् ।

ट्विटरमा ‘साहो’का लागि प्रभाषले २ बर्ष समय नष्ट गरेको प्रतिक्रिया आउन थालेको छ । विशेषगरि, चलचित्रको एक्सन पाटोलाई रुचाइएको छ । तर, चलचित्रको कथावस्तु र पटकथा कमजोर रहेको प्रतिक्रिया ट्विटर प्रयोगकर्ताले दिएका छन् ।



भारतका चर्चित समिक्षा तरण आर्दश लेख्छन्–‘साहो सहनै नसकिने चलचित्र हो । प्रतिभा, ठूलो पैसा को बर्बाद भयो । कमजोर कथा, भ्रामक पटकथा र कमजोर निर्देशन ।’ तरणले चलचित्रलाई १।५ स्टार दिएका छन् ।

समिक्षक सुमित कँडेल लेख्छन्–‘साहो सन् २०१९ को सबैभन्दा ठूलो निराशाजनक चलचित्र हो । चलचित्रका धेरै कलाकारको खराब अभिनय, नवुझिने कथा, निकै नै खराब पटकथा, खराब निर्देशन र खराब गीतसंगीत कारण चलचित्र निराशानजक बनेको छ । तपाई आफै जोखिम उठाएर यो चलचित्र हेर्न सक्नुहुन्छ ।’ उनले यो चलचित्रलाई १ स्टार दिएका छन् ।

सम्बन्धित समाचार