ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन ।
दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ । यस्तो अनौठो संयोग कमै मात्र हुने गरेको छ । केही महिनाअघि सुनसरीको इटहरीमा पनि यस्तै घटना भएको थियो ।