भारतीय चर्चित गायिकाको नेपाल आगमन

भारतकी चर्चित गायिका अनुराधा पौडवाल नेपाल आएकी छन्। शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रसतयडानमा आयोजित कार्यक्रममा गायिका अनुराधा पौडवाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले खादा, माला र ताम्रपत्रले सम्मानित गरेका थिए।

भारतको पद्म श्री पुरस्कारबाट सम्मानित पौडवालले करिब दुईघण्टा आफ्नो स्वरको जादु प्रस्तुत गरेकी थिइन्। आफ्नो सुमधुर स्वरबाट विभिन्न भजन तथा गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन्। बरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटाको पहलमा उनी काठमाडौँ आएकी हुन्।



नेपाल–भारतबीचमा सदियौंदेखि स्थापित कला, संस्कृति, धार्मिक र साहित्यलाई प्रवद्र्धन गराउने उद्देश्यका साथ प्रसंशा संरक्षण समूहले उनलाई नेपाल ल्याएको थियो।

सम्बन्धित समाचार