किन सलमान खानले आफैंलाई कोर्रा हाने ?

बलिउड अभिनेता सलमान खानको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। यो भिडियोमा सलमानले आफूले आफैंलाई कोर्रा हानिरहेका छन्।

आफ्ना रोचक भिडियो सोसल मिडियामा सेयर गरिरहने सलमान यतिबेला नयाँ फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन्। पहिले आफूले आफैंलाई कोर्रा हानिरहेका मानिसहरुलाई सलमानले देख्छन्। त्यसपछि उनले ती व्यक्तिलाई ‘दुख्छ?’ भनेर पनि सोध्छन् त्यसपछि उनी आफैंले आफैंलाई कोर्रा हान्नथाल्छन्।



सलमानले भिडियो सेयर गर्ने बेला बच्चाहरुलाई वा अरु कोही व्यक्तिमाथि यस्तो प्रयास नगर्न सुझाव पनि दिएका छन्।

सम्बन्धित समाचार