अबको तीन दिन मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको छ । तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।



देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको पश्चिमी भु–भागमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ साथै मध्य तथा पुर्वी भु–भागमा सामान्य बदली भई केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस प्रकार छ :

भाद्र १५ गते (आईतबार)

दिउँसो : देशको पश्चिमी भु-भागमा सामान्य बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंसिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती : देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १६ गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती : देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १७ गते (मंगलबार)

दिउँसो : देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राती : देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षा हुने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ।

सम्बन्धित समाचार