ओप्पोद्वारा ‘बडा दशैं एसएमएस क्याम्पेन’ को घोषणा

विश्वस्तरमा अग्रणी स्थान बनाएको स्मार्टफोन ओप्पोले नेपालीहरूको महान् चाड बडादशैंको शुभ अवसर पारेर बडा दशैं एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिताजनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

क्याम्पेन अवधिभर कुनै पनि ओप्पो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि उपभोक्ताले ओप्पो ≤स्पेस≥ आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएसमार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्ये एकले बालिवाबाकु ९निर्धारित हप्ता र पुरस्कारका आधारमा० भ्रमण जित्न सक्नेछन् । त्यसैगरी अर्का विजेताले दशैंमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।



उपहार योजना अवधिभर लगातार ५ हप्तासम्म हरेक हप्ताको अन्त्यमा एउटा लक्की ड्रको आयोजना गरिने छ । लक्की ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिने छ । क्याम्पेन अवधिभर लक्की ड्रमा विजेताका रूपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्की ड्रका लागि सहभागिताको अवसर प्रदान गरिने छ । तसर्थ एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जित हातपार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १ देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्नेछ ।

एफ ११ सिरिज र आर १७ प्रोमा ‘प्राइस ड्रप’ अफर

दशैंको सु–अवसरमा कम्पनीले ‘बडा दशैं एसएमएस क्याम्पेन’ का साथै आफ्ना बेष्ट सेलिङ मोबाइल फोनहरू एफ ११ सिरिज र आर १७ प्रोमा ‘प्राइस ड्रप’ अफर पनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अब एफ ११ प्रोको मूल्य रु।४१ हजार ९ सय ९०, एफ ११ को रु। ३१ हजार ९ सय ९० र आर १७ प्रो रु। ५९ हजार ९ सय ९० निर्धारण गरिएको छ । पहिले यी मोबाइलको मूल्य क्रमशः रु। ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँ मूल्य सूची सेप्टेम्बर २ देखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार