तपाईले आफुले विद्यालयमा विदा माग्नुपर्दा कस्तो–कस्तो बहाना बनाउँनु भएको छ रु कतिले त विदा नलिनु भएको वा भन्दै नभनेर विदा बस्नु भएको पनि हुन सक्छ । तर सामान्यतया विदा माग्ने चलन सरकारी निजी दुवै विद्यालयमा नियम हुन्छ ।
तर अहिले बाहिर आएको एक विदा माग्ने बहाना देखेर दुनियाँ चकित भएको छ । भारत उत्तर प्रदेशको कानपुरमा आठ कक्षाका एक विद्यार्थीले प्रिन्सिपललाई आफ्नै मृत्युको कारण देखाउँदै छुट्टी मागेका छन् । प्रिन्सिपलले लापरवाहीको नमूना प्रस्तुत गर्दै आवेदनमा स्विकृत लेखेर बिदा पनि दिएका छन् । वास्तवमा, जीडी रोड स्थित रोड स्कूलमा अध्ययनरत विद्यार्थी बिदा लिन चाहन्थे । त्यसकारण उनले प्रिन्सिपललाई बिदा आवेदन पठाए ।
विद्यार्थीले लेखेका थिए, ‘नम्रतापूर्वक अनुरोध गरिएको छ कि आवेदक सन्तोष ९नाम परिवर्तन० २० अगस्त बिहान १० बजे मेरो निधन भयो । सरलाई अनुरोध गरिएको छ कि मलाई खाजा समय (हाफ टाइमपछि) बिदा लिने अनुमति दिनुभए हजुरलाई ठूलो दया लाग्नेछ ।’
यति मात्र होइन, प्रिन्सिपलले रातो कलमको साथ उक्त विदालाई स्विकृति गरेर आफ्नो हस्ताक्षर पनि गरेका छन् । हाफ टाइमपछि विद्यार्थीलाई घर फर्काइयो । उसले आफ्नो आवेदन केहि दिनको लागि लुकायो । उसले यस बारेमा केही दिन कसैसँग कुरा गरेन ।
तर केही दिनपछि एक–अर्कामा साथीहरूसँग छलफल गरिसकेपछि, जब यो आवेदनको कुरा शिक्षकहरू बीच पुग्यो तब यस्तो कुरा बाहिर आएको हो । अहिले यो छलफलको विषय भयो । व्यवस्थापन र विभागलाई पनि यस बारेमा अनुसन्धान गर्न भनिएको छ ।
निवेदनको मुल रुप नै नहेरी स्वीकृत गर्ने प्रधानध्यापकलाई अहिले ठूलो चोट लागेको छ । यसले जो कोहीले स्वीकृत गर्दा कागज राम्रोसँग हेरेर मात्र स्वीकृत गर्नुपर्ने भन्ने सन्देश दिएको भन्दै यो खबर सर्वत्र सेयर भइरहेको छ ।