मुम्बईमा भएको भारी वर्षाले जनजीवन अस्तव्यस्त, फिल्म स्टारको घरमा पनि पानी पस्यो

मुम्बई सहित पुरा महाराष्ट्रमा गएको साता भएको वर्षाले केही राहत दिएको थियो तर लगातार भएको वर्षाले जनजीवन अस्तव्यस्त भएको छ । दक्षिण पश्चिम मनसुन सक्रिय भएकोले राज्यको हालत एकदम खराब भएको छ ।

लगातार भएकोवर्षाको कारणले तल्लो इलाकामा पानी भरिएको छ जसको कारणले केही लोकल ट्रेनको आवागमन रद्द गर्न पर्यो, कैयौं विमान सेवामा ढिलाई भयो भने यातायातमा समस्या देखिएको छ । मुम्बईमा आउने २४ घण्टासम्म भारी वर्षा हुने अनुमान गरिएको छ र रेड अलर्ट जारी गरिएको छ ।



आज मुम्बई, कोंकण र वेस्टर्न महाराष्ट्रमा वर्षाको अलर्ट छ । बुधबार मुम्बईको सांताक्रुज इलाकामा २०० मिमी बर्षा भएको थियो । राज्य सरकारले सम्बन्धित अधिकारीलाई पश्चिम महाराष्ट्रको बाँधमा पानीको प्रवाहमाथि ध्यान दिनको लागि भनेको थियो, जहाँ गएको महिनामा केही जिल्लामा बाढीले तबाही मच्चाएको थियो ।

यति मात्र होइन भारी वर्षाले फिल्म स्टारहरुको घरभित्र पनि पानी पसेको थियो । अमिताभ बच्चन, अजय देवगन, अनिल कुमार र धर्मेन्द्र जस्ता दिग्गज घर भित्र पनि पानी पसेको थियो । अमिताभ बच्चनको घर प्रतिक्षामा पनि पानी पसेको थियो ।

२४ घण्टाका लागि मुम्बई शहर र उपनगरमा रेड अलर्ट जारी

मुम्बई हवाई अड्डाको एक अधिकारीको अनुसार केही उडानमा औसत २५ मिनेट ढिलाई भएको छ । मुम्बई र यसको उपनगरमा सडकमा वाहानको आवागमन बाढीको कारणले सुस्त भएको छ । मौसम विभागले भनेको छ कि मुम्बई महानगर क्षेत्रमा १५० मौसम केन्द्रमध्ये १०० मा २०० मिमी भन्दा बढी वर्षा रेकर्ड गरिएको थियो । मौसम विभागले आउने २४ घण्टाको लागि मुम्बई शहर र उपनगर, ठाणे र पालघर जिल्ला सहित राज्यको विभिन्न स्थानको लागि रेड अलर्ट जारी गरेको छ ।

सम्बन्धित समाचार