अमेरिका । गत हप्ता एप्पलका संस्थापक स्टिभ जब्सले हस्ताक्षर गरेको टोय स्टोरी चलचित्रको पोस्टर लीलाम विक्री भएको छ । यो पोस्टरको मूल्य २५ हजार डलरबाट सुरु भएको थियो । नेट डी स्यान्डर्स अक्सन हाउसले आफ्नो वेबसाइटमा यो पोस्टर ३१ हजार २५० डलरमा विक्री भइसकेको बताएको छ ।
फिल्म स्टुडियोका सीईओ जब्स
गत हप्ता टोय स्टोरीका प्रमुख दुई पात्र वुडी र बज भएको पोस्टर लीलामीमा राखिएको थियो । २४८३६ इन्चको एक साधारण पोस्टरमा स्टिभ जब्सले हस्ताक्षर गरेका थिए । टोय स्टोरी चलचित्र निर्माता कम्पनी पिक्सार स्टुडियोले निर्माण गरेको विश्वकै पहिलो एनिमेटेड फिचर फिल्म हो ।
पहिलोपटक आएको एनिमेटेड फिचर फिल्म टोय स्टोरी दर्शकले निकै रुचाएका थिए र यो चलचित्र हिट भएको थियो ।
पहिला पनि जब्सका वस्तु लीलाम
योभन्दा पहिला जब्सले साइन गरेको १० वर्षको इम्प्लोइमेन्ट ब्याज पनि १५ हजार डलरमा लीलामीमा राखिएको थियो । यो ब्याजमा जब्सले हस्ताक्षर गर्नुका साथै एक म्यासेज पनि लेखेका थिए । यो ब्याज एप्पल कम्पनीमा १० वर्ष पूरा भएकोमा एक कर्मचारीलाई दिन तयार गरिएको हहो । उक्त ब्याज सुजान लिंडबर्घ नामकी एक महिलाले सो ब्याज पाएकी हुन् ।