खराब समिक्षाका बाबजुद साहोको कलेक्शन तिब्र, कति कमायो चलचित्रले ?

प्रभाष र श्रद्धा कपूरको मुख्य भूमिका रहेको बलिउड चलचित्र साहोलाई समिक्षकहरुले औषत चलचित्रको रुपमा चित्रण गरेका थिए । कतिपय समिक्षकले त चलचित्रलाई झुरकै संज्ञा दिए । तर खराव समिक्षाका बाबजुल चलचित्रले बक्श अफिसमा खरो कलेक्शन गर्न सफल भएको छ । ३५० करोड लगानीमा बनेको भनिएको चलचित्रले प्रदर्शनको ५ औं दिनमा लगानी बराबरको कलेक्शन गर्न सफल भएको छ ।

प्रदर्शनको ५ औं दिनमा ३५० कराेड कलेक्शन गरेकाे चलिचत्रले हिन्दी भर्जनमा मात्र ११० करोड कलेक्शन गर्न सफल भएको छ । सुजीतको निर्देशन रहेको चलचित्र साहोमा प्रभास र श्रद्धा कपूरको अलावा नील नितिन मुकेश, जैकी श्राफ, महेश मांजरेकर, चंकी पांडे, मंदिरा बेदीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।



सम्बन्धित समाचार