वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल प्रभावित

काठमाडौँ । यू १९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको आजको खेल वर्षाका कारण विथोलिएको छ।

नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाउँदा वर्षाले खेल रोकिएको हो।



रित गौतम ९नटआउट० ले २८ बलमा २१ रन बनाएका छन् भने रोहितकुमार पौडेलले २ रन बनाएर खेलिरहेका छन्।

नेपालले पवन सर्राफ र महमद आशिफ शेखलाई गुमाएको छ।

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता बिहीबारदेखि श्रीलंकामा सुरु भएको हो।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ।

सम्बन्धित समाचार