सलमानले कहिल्यै विवाह गर्दैनन् – सलीम खान

सलमान खान अहिले बलिवुडका निसन्देह सुपरस्टार हुन् । विश्वभरका फ्यानहरुको मन परेको कलाकार भएपनि ५३ बर्षको हुँदा सम्म पनि उनी अविवाहित नै छन् । सलमानलाई उनका फ्यानहरुले सधै गर्ने प्रश्न हो , विहे कहिले गर्ने ?

उनको बिहेको विषयमा अहिलेसम्म धेरै चर्चा समेत भएको छ । उनको कैयौ अभिनेत्रीहरुसँग अफ्येर्सको चर्चा समेत चलिरहन्छ । अहिले पनि कहिले कैटरीना कैफसँग त कहिले यूलिया भेन्तुरसँग विहे हुने हल्ला चालिने रहेको छ ।



यसै बीच सलमानको पारिवारिक सुत्रलाई उदृत गर्दै उनका पिता सलीम खानले सलमानले कहिल्यै विवाह नगर्ने बताएको मिडिया रिपोर्ट बाहिर आएको छ । सलीम खानले भनेका छन्, ‘सलमानलाई बिहेको दबाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।’

मिडिया रिपोर्टका अनुसार सलमानले ऐश्वर्या रायसँगको ब्रेकअप भएपछि नै विवाह नगर्ने निर्णय गरेका हुन् ।

सम्बन्धित समाचार