किन सँधै ऋतिक रोशनका पिता एक्टर तथा डाइरेक्टर मुडुलो रहन्छन् ?

फिल्ममेकर राकेश रोशनलाई हामी धेरै लामो समयदेखि विना कपाल देख्दछौं । के तपाईलाई थाहा छ उनी पहिलो चोटी मुडुलो कहिले भएका थिए ? राकेश रोशन आफ्नो जमानाको फेमश एक्टर थिए ।

उनी मुडुलो हुनुको कारण उमेरका साथ आउनेवाला मुडुलोपन होइन तर अरु नै कुरा हो । वास्तवमा राकेशको मुडुलो हुनुको पछाडि एउटा चाखलाग्दो कहानी छ । सन् १९८७ मा राकेशले डाइरेक्टरको रुपमा आफ्नो पहिलो फिल्म खुदगर्ज बनाएका थिए । यस फिल्मको रिलिज भन्दा पहिले राकेशले तिरुपति बालाजी गएर फिल्मको सफलताको लागि आशिर्वाद मागेका थिए । उनले यस मौकामा भाकल गरेका थिए कि यदि उनको फिल्म सफल भयो भने उनी मुडुलो हुन्छन् । ३१ जुलाई १९८७ मा उनको फिल्म खुदगर्ज बाक्स अफिसमा सुपरहिट भयो । तर राकेशले यो फिल्म सफल भएर पनि आफ्नो प्रण पूरा गरेनन् ।



राकेशको पत्नी पिंकीलाई पनि यस प्रणको बारेमा सबै कुरा थाहा थियो र पिंकीले नै प्रण पुरा गर्नको लागि भनिन् । केही समयपछि राकेश रोशनले पत्नीको कुरा माने र मुडुलो हुने फैसला गरे । यसैबीच उनको अर्को फिल्म खून भरी माग आयो जसको शुरुआत भन्दा पहिले नै राकेश मुडुलो भए । यति मात्र होइन कि उनले सँधै मुडुलो हुने कसम खाए र यसरी राकेश रोशनको निर्देशकको रुपमा सफलताको कहानी शुरु भयो ।

सम्बन्धित समाचार