बक्स अफिसमा आज दुई फिल्म रिलिज

बक्स अफिसमा आज दुईवटा फिल्म रिलिज भएको छ । एउटा हो वरुण शर्मा र श्रद्धा कपुरको छिछोरे र अर्को फिल्म हो सुरज पंचोलीको सैटेलाइट शंकर । यदि तपाई फिल्म हेर्ने मन बनाउनु भएको छ भने जान्नुस् कुन तपाईको लागि राम्रो छ ।

छिछोरे



डाइरेक्टर नितेश तिवारीको २०१६ मा आएको सुपरहिट फिल्म दंगलपछिको यो पहिलो फिल्म हो । फिल्ममा सुशान्त सिंह राजपुत, प्रतीक बब्बर, वरुण शर्मा र श्रद्धा कपुरले लीड रोल गरेका छन् । फिल्म कलेज दिनका भद्दा याद, दोस्तीमा मरिमिट्ने कुरा, पैरटिंग, ट्यालेन्ट विद्यार्थीको कम्पीटिटीभ परीक्षामा छनौट हुनेको दबाब र सम्बन्ध विच्छेद गरेका पती पत्नीको बीचको इगोमा आधारित छ । फिल्मको ट्रेलरलाई सोशल मिडीयामा दर्शकहरुद्धारा राम्रो रिस्पान्स मिलेको छ । साथसाथै फिल्ममा कमेडीको साथसाथै बोल्डनेसको मसला पनि मिसाइएको छ ।

हेर्नुस छिछोरेको ट्रेलर

स्याटलाइट शंकर

स्याटलाइट शंकर एउटा बलिउड ड्रामा हो जसको निर्देशन इरफान कमलले गरेका छन् । फिल्ममा सुरज पंचोली मूख्य भुमिकामा देखिन्छन् । देशको दश शहरमा शुट भएको फिल्म स्याटलाइट शंकरको निर्माण भूषण कुमार, कृष्ण कुमार, मुरुद खेतानी र अश्वनी वार्देद्धारा गरिएको हो । यस फिल्ममा सुपरस्टार सलमान खानले कैमियो गरेका छन् । भारतपछि एकचोटी फेरि सलमान खानलाई पर्दामा देख्न खोज्ने दर्शकको मनोकांक्षालाई यस फिल्मले पुरा गर्दछ ।

हेर्नुस स्याटलाइट शंकरको ट्रेलर

https://youtu.be/VGGCoh_GZiU

सम्बन्धित समाचार