फिल्म क्षेत्रमा आउनु पहिले यस्तो काम गर्थे यी बलिउड स्टार

रजनीकान्त, अक्षय कुमार, रणवीर सिंह, जोनी लिबर, नवाजउद्दिन सिद्दीकी आज परिचय दिइराख्नुपर्ने नाम होइन। कलाकारिताको दुनियाँमा उनीहरूको आफ्नै नाम छ। आज करियरमा जुन उचाइ उनीहरूले हासिल गरेका छन्, त्यसमा उनीहरूको राम्रो मेहेनत परेको छ। मेहेनतको नतिजा, आज उनीहरूलाई चिन्ने जमात थुप्रै छन्। करोडौं मानिसहरू उनीहरूका प्रशंसक छ।

यस्तोमा उनीहरूलाई आफ्ना यी स्टारका व्यक्तिगत जानकारीमा विशेष रूचि हुनेगर्छ। आजको मितिमा यी स्टारहरू सिनेक्षेत्रमा चर्चित भएपनि सिनेमामा आउनुअघि भने उनीहरू अरू नै काम गर्थे। यसमा बसमा कन्डक्टरदेखि लिएर चौकीदारीसम्मका काम उनीहरूले गरेका छन्। यो समाचारमा फिल्म क्षेत्रमा आउनु पहिले बलिउड स्टार गर्ने गरेको कामको चर्चा गरिएको छ ।



रजनीकान्त : रजनीकान्त दक्षिण भारतका नायक मात्र होइनन्, भगवानको दर्जा पाएका व्यक्ति हुन्। दक्षिण भारतमा उनको मन्दिर नै बनेको छ। बलिउडमासमेत उनी उत्तिकै चर्चित छन्। उनले यो सफलता पाउन कम मुल्य चुकाएका छैनन्। उनी कुनै समय बसका कन्डक्टर थिए। बसमा टिकट काट्दै गर्दा उनको स्टाइलबाट प्रभावित भएर निर्देशकले उनलाई फिल्ममा ब्रेक दिएका थिए। उनको स्टाइल भारतमा अझै महँगोमा बिक्छ।

अक्षय कुमार : अक्षय कुमारको कथा पनि कम रोमाञ्चक छैन। मार्सल आर्टका खेलाडी अक्षय कुनै समय बैंककमा होटलमा वेटर गर्थे। त्यसै समय उनले खाना बनाउन पनि सिके। होटलमा यी काम मात्र होइन, कहिलेकाहिँ भाँडा पनि धुनुपथ्र्यो।

जोनी लिभर : जोनी लिभर हँसाउन पहिलेदेखि नै उत्तिकै माहिर थिए। फुटपाथमा बसेर मालिकको कलम बेच्न बस्दा मालिककोभन्दा धेरै गुना बढी कलम उनैले बेच्थे। हँसाउने कला नै यसको कारण थियो। पछि फिल्ममा पनि उनको हँसाउने कला प्रख्यात भयो।

परिणिती चोपडा : हुन त परिणिती प्रियंका चोपडाकी बहिनी पर्छिन्। तर, बलिउडमा उनले सजिलै प्रवेश पाएकी भने होइनन्। त्यसो त अभिनेत्री बन्ने उनको सपना पनि थिएन। बैंकर बन्न चाहन्थिन्। उनी सुरुमा यशराज फिल्म्समा पब्लिक रिलेसनमा काम गर्थिन्।

नवाजुद्दिन सिद्दिकी : नाटकमा संघर्ष गर्दै गर्दा नवाजुद्दिनसँग डेरा भाडा तिर्ने, साँझ(बिहान खाना खाने पैसासमेत हुँदैनथ्यो। त्यसका लागि उनी सुरक्षा गार्डमा काम गर्थे। त्यसअघि उनी केमिकल फ्याक्ट्रीमा काम गर्थे।

रणवीर सिंह : रणवीरको अतित पनि कम्ति रमाइलो छैन। फिल्ममा आउनुअघि उनी विज्ञापन एजेन्सीमा कपिराइटरको काम गर्थे। पछि एकजना नजिकका साथीले भनेपछि उनी अभिनयतिर लागेका थिए।

आर माधवन : थ्री इडियट्स फिल्मबाट लाखौंले चिनेका आर। माधवनको जीवन थ्री इडियट्स फिल्मजस्तै छ। फिल्ममा जस्तै उनले इलेक्ट्रोनिक्स इन्जिनियरिङमा डिग्री लिएका छन् । तर, उनको सपना अभिनेता बन्नु थियो। उनी आफ्नो खर्च चलाउन अंग्रेजी सिकाउने काम गर्थे। आज उनी हलिउड फिल्म खेल्ने भएका छन्।

सम्बन्धित समाचार