वान्टेडको सिक्वेल बनाउने तयारीमा सलमान !

बलिवुड अभिनेता सलमान खानले संजय लिला भन्सालीसँगको फिल्म इन्शाअल्लाह नखेल्ने भएपछि आफ्नै फिल्म वान्टेड वा किकको सिक्वेल बनाउने तयारी गरेका छन् ।

बलिवुड हंगामाका अनुसार आगमी बर्षको इदमा रिलिज हुने गरि फिल्मको तयारी शुरु भएको छ । हरेक बर्षको इदमा सलमानको फिल्म रिलिज हुदै आएकोमा इन्शाअल्लाह नबन्ने भएपछि अब सलमानको कुन फिल्म इदमा आउछ भन्ने बारे अझै अन्योल रहेको छ । तर सलमान आफैले इदमा आफ्नो फिल्म आउने बताइसकेका छन् ।



पछिल्लो रिपोर्ट अनुसार आफ्नो २००९ को चर्चित फिल्म वान्टेडको सिक्वेल बनाउन सलमान अगाडी बढी सकेका छन् । वान्टेड फिल्म बाटै सलमानको बलिवुडमा नयाँ स्टारडम शुरु भएको थियो । त्यसपछिका सलमानका कुनै पनि फिल्मले सय करोडभन्दा कमको कमाई गरेका छैनन् । अहिले वान्टेडकै सिक्वेललाई अलग्गै नाममा बनाउने तयारी भएको बताइएको छ ।

यस फिल्मलाई सलमान खान आफैले निर्माण गर्ने छन् भने प्रभुदेवाले यसको निर्देशन गर्ने बताइएको छ । वान्टेड फिल्म पनि प्रभुदेवाले नै निर्देशन गरेका थिए ।

सलमान अहिले आफ्नो चर्चित फिल्म दबंग ३ को अन्तिम तयारीमा जुटेका छन् । यो फिल्म प्रभुदेवाकै निर्देशनमा बनिरहेको छ भने आगामी डिसेम्बर २० मा रिलिज हुदै छ । दबंग ३ मा सलमानसहित सोनाक्षी सिन्हा, मख्खी फेम अभिनेता सुदीप, अरबाज खान, माही गील लगायतका कलाकारले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार