बंगलादेशलाई २६२ रनको लक्ष्य, पवन र सन्दीपको उत्कृष्ट ब्याटिंग

श्रीलंकामा आयोजना हुने अन्डर(१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको हो ।



नेपालले पवन सराफ र सन्दीप जोराको अर्धशतकको मद्धतले बंगलादेशलाई राम्रो लक्ष्य दिन सफल भएको छ ।

पवन सराफले १११ बल खेल्दै ८१ रनको पारी खेलेका थिए भने सन्दीप जोराले आक्रामक अर्धशतक बनाएका थिए । सन्दीपले ३३ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । सन्दीपले ३७ बलमा ५६ रन बनाएर आउट हुँदा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै नेपालका लागि रित गौतमले ३२ रन बनाए भने कुशल मल्लले आक्रामक खेल्दै ३२ बलमा २८ रन बनाएर आउट भएका थिए । त्यस्तै आसिफ सेख ३ रन बनाएर आउट भएका थिए ।

त्यसै गरि राशिद खानले ६ रन बनाए बहने कमल सिंह ऐरीले अविजित ९ रन बनाए ।

त्यस्तै भीम सार्की २१ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेल १४ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेख ३ रन बनाएर आउट भएका थिए ।

बंगलादेशका बलर तान्जिम हसन र शाहिन अलोमले २(२ विकेट लिए भने मोहमद मृत्युन्जय, राकिबल हसन, मिन्हुजुर रहमान र तव्हिद हृदोयले एक एक विकेट लिएका थिए ।

बंगलादेशले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।

सम्बन्धित समाचार