नाडालले जिते युएस ओपनको पुरुष सिंगलको उपाधि

काठमाडौं । यस बर्षको युएस ओपनको पुरुष सिंगलको उपाधि राफाएल नाडालले जितेका छन् ।

दोस्रो वरियताका नाडालले पाँचौ वरियताका रसियन खेलाडी डानील मेडभेडेभलाई ३(२ को सेटले पराजित गरेका हुन् ।



करिब ५ घण्टासम्म चलेको खेलमा नाडाल ७(५, ६(३, ५(७, ४(६ र ६(४ ले विजयी भएका हुन् ।

शुरुका दुई सेटमा विजयी भएका नाडाल फेरी लगातार दुई सेटमा पराजित भएपछि मेडभेडेभ खेलमा फर्किएका थिए । अन्तिम सेटमा नाडालले ६(४ ले जित हासिल गर्दै उपाधि जितेका थिए ।

नाडालको क्यारियरको यो चौथो युएस ओपन उपाधि हो । आफ्नो क्यारियरमा नाडालले यो सहित १९ ग्राण्ड स्लाम उपाधि जितेका छन् ।

सम्बन्धित समाचार