चिनियाँ खगोलविद्ले अन्तरिक्षमा फास्ट रेडियो बर्स्ट (एफआरबी) भनिने संकेत पहिचान गरेका छन् । यो रहस्यमय संकेतको स्रोत पृथ्वीबाट ३ अर्ब प्रकाश वर्ष टाढा भएएको बताइएको छ । एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सकेन्डमा हजारौं हिस्साको बराबर हुन्छ भन्ने खबर कारोबार दैनिकमा छ ।
अहिलेसम्म यो संकेतको उत्पत्तिको विषयमा स्पष्ट जानकारी मिलेको छैन । चाइनिज एकेडेमी अफ साइन्सेसको नेसनल एस्ट्रोनमिकल अब्र्जभेटरीका शोधकर्ताले एपरचर स्फेरिकमल रेडियो टेलिस्कोटबाट यो एफआरबीको पहिचान गरेका हुन् । गिझेउ प्रान्तमा रहेको फास्ट सूक्ष्म सकेतको पहिचान गर्न सक्ने यो सबै भन्दा ठूलो टेलिस्कोप हो ।