भेटियो २१०० साल पुरानो मोबाइल

आजको दिनमा लगभग सबैसँग मोबाइल छ । स्कुल जाने बच्चा देखि लिएर ठूला साना मोबाइलको दुनियाँमा हराइरहेका छन् । यदि हामीले यो भन्यौं कि यो युग मोबाइलको हो तब यसमा केही पनि गलत हुँदैन किनकी मानिसहरु मोबाइलको प्रयोग गर्नमा तल्लीन छन् । के तपाईले सोच्न सक्नुहुन्छ आजभन्दा २१०० वर्ष पहिले पनि मोबाइल थियो ?



वास्तवमा रुस गणराज्य तुवामा पुरातत्वविदको एउटा गु्रपले २१३७ साल पुरानो कंकाल खोजेका छन् । कंकाल मिल्नु त कुनै नौलो कुरा होइन तर खास कुरा यो छ कि यो कंकालको साथ आईफोन जस्तो एउटा चीज पनि मिलेको छ । तथापि यो कुनै आइफोन त होइन तर यसको बनावट बिल्कुल मोबाइल जस्तो छ । यो कुराले सबैलाई अचम्ममा पारिरहेको छ । किनकी यो कुरामा विश्वास गर्न मुश्किल परेको छ कि त्यो समयमा मोबाइल जस्तो केही चीज हुन सक्छ ।

रिपोर्टको अनुसार यो कब्र नताशा नामको एउटा महिलाको हो जहाँ यो अचम्मको चीज मिलेको छ । पुरातत्वविदोंको अनुसार कब्रसँग मिलेको कंकाल तेश्रो शताब्दि ईसा पूर्वको हो । वास्तवमा यसलाई आईफोन जस्तै भनिएको छ र यो एउटा पत्थरको भाग हो र यस पत्थरमा कैयौं बहुमुल्य पत्थर जोडिएको छ । यो पत्थर आईफोन भन्दा निकै मूल्यवान छ किकी यस पत्थरको टुक्रामा कारेलियन, फोरोजा जस्ता कैयौं मोतीहरु लगाइएको छ ।

सम्बन्धित समाचार