रौतहटमा तीन बालिकाको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
बिहीबार साँझ इशनाथ नगरपालिका–१ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका बन्जरहाका बृजनन्दन यादवकी १० वर्षीया छोरी किन्जल यादव, ६ वर्षीया छोरी गुन्जन यादव र हिरालाल साह की ७ वर्षीया छोरी सरिता साहको मृत्यु भएको हो ।
खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनिहरु साझ सम्म पनि घर नफर्किए पछि अभिभावकले खोज तलाश गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।