नेत्रविक्रम बिमली
झापा, २९ भदौ ।
नेपाली काङ्ग्रेस जलथल हल्दिवारी–४ ले दोस्रो चरणको जनजागरण अभियान नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य असन अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।
जनजागरण अभियानलाई सम्बोधन गर्दै अन्सारीले काङ्ग्रेसको गुट कहिले अन्त्य नहुने भन्दै गुटले काङ्ग्रेस दह्रो हुने तथा ६ महिनाभित्र सबै भात्रृ संस्थाको निर्वाचन सम्पन्न हुने भएकोले सबैलाई सङ्गठिन भएर अगाडि बड्न अनुरोध गरेका छ्न् ।
आगामी निर्वाचनभन्दा अगाडि महाधिवेशन हुने बताउदै देउवा, पौडेल र सिटौला एक भएर अगाडि बढेको समेत कार्यकर्ता को प्रश्न को जवाफ दिदै उनले बताएका छ्न् ।
ओली सरकार तानाशाह भएको भन्दै अन्सारीले छिटै आँधीबेरीसहितको आन्दोलन काङ्ग्रेसले गर्न लागेकोले सबैले साथ दिन पनि उनले भेलालाई आव्हान गरे ।
नेपाली काङ्ग्रेसका वडा नं. ४ का अध्यक्ष सुवास बारकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेस युवानेता नवीन बिमली, महासमिति सदस्य बडाराम हेमरमको उपस्थित रहेको थियो ।
जनजागरण कार्यक्रमलाई काङ्ग्रेसका जिल्ला सदस्य उमानाथ प्रसाईं, काङ्ग्रेसका स्थानीय नेता होमप्रसाद चुडाल, लखन हेमरम, बिस्णु उप्रेती, गङ्गा उप्रेती, नितेश शाहलगायतले आ–आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण सचीव सन्तोष मेचेले गरेका थिए ।