भ्रष्टचार विरोधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । पुल्चोकस्थित नेपालका लागि नेपाली अभियानको कार्यालयमा भैरहेको पत्रकार सम्मेलनकाबीच शाहीलाई पक्राउ गरिएको हो ।
आइतबार दिउसो १ बजे बोलाईएको पत्रकार सम्मेलनमा प्रहरीले पक्राउ गर्नुअघि केही विद्यार्थीहरुले होहल्ला गर्दै शाहीमाथि आक्रमण पनि गरेका थिए ।
यसअघि शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज एक घण्टा रोकेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि ज्ञानेन्द्र शाहीको समूहले जहाजमै दुर्व्यवहार गरेको थियो। विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत भएको थियो । मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहारको बदला लिन उनी समर्थक विद्यार्थीहरुले ज्ञानेन्द्रलाई हातपात गरेको अनुमान गर्न सकिन्छ ।