पार्टीको नेतृत्व प्रचण्डलाई होइन बामदेवलाई सुम्पने ओलीको तयारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एकल अध्यक्षको माग गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड ओलीको एक प्रस्तावले रनभुल्लमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अबको नेतृत्व अर्को पुस्तालाई दिनुपर्ने बताएपछि प्रचण्डको होस् उडेको हो । दोश्रो पुस्तालाई नेतृत्व दिँदा पार्टीका नेता देखि कार्यकर्तासम्म खुसी हुने भन्दै ओलीले यस्तो योजना सुनाएका थिए।

ओलीले कुनैपनि हालतमा पार्टीको सम्पूर्ण जिम्मेवारी आफूलाई नदिने बुझेपछि प्रचण्ड नयाँ रणनीति बुन्नपटि लागेका छन् । नेकपाको पछिल्लो घटनाक्रमले प्रचण्ड र माधव नेपाललाई नजिक्याउने संकेत गरेको छ । अध्यक्ष ओलीले विष्णु पौडेल र बामदेव गौतमलाई सिंगापुरमै बोलाएर यस्तो रणनीति बनाएको प्रचण्डको बुझाई छ ।



ओलीले आफूपछि नेतृत्वमा पार्टी उपाध्यक्षमा प्रस्तावित नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई नै अघि बढाउने तयारी गरेको समेत बुझेका प्रचण्ड माधवलगायत ओली गौतमइत्तरका नेताहरुको गठबन्धन तयार गरेर ओलीलाई अल्पमतमा पर्ने तयारी शुरु गरेको स्रोतको दावी छ ।

यता ओली भने गौतमलाई आउने मंसिरमा हुने उपनिर्वाचनमा काँस्कीबाट उम्मेद्धवार बनाउने र नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने बाहनामा प्रचण्डलाई खाली हात बनाएर गौतमलाई नै पार्टी अध्यक्षको जिम्मेवारी सुम्पने रणनीतिमा लागेको स्रोतको दावी छ ।

सम्बन्धित समाचार