तीन दिनसम्म भारी वर्षा, सतर्क रहन आग्रह

हाल मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ सरेकाले आगामी तीनदिन निरन्तर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार न्युन चापीय रेखा उत्तरतर्फ सरेको र बंगालको खाडिबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ । हाल पूर्वी तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकी भू-भागमा पनि आंसिक देखि सामान्य बादलिरहेको अवस्था छ।



केहि स्थानहरुमा मेघ गर्जन र चट्टङ्सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भू-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अव’रोध आउन सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ३१ गतेः देशभरी सामान्य बदली रही मध्य र पूर्बी भु-भागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०१ गतेः देशभरी सामान्य बदली रही मध्य भु-भागका धेरै स्थानमा र देशका बाँकी भू भागहका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ०२ गतेः देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

सम्बन्धित समाचार