अहिले १६ श्राद्ध अर्थात् पितृ पक्ष चलिरहेको छ । आफ्ना आमाबुबा नहुनेहरुले तिथिअनुसार श्राद्ध गरिरहेका छन् । कतिपयको मृत्यु तिथि थाहा नहुन सक्छ । मृत्यु तिथि थाहा नहुनेहरुले कहिले गर्ने त श्राद्ध ?
आश्विन कृष्ण पंचमी (असोज २ गते)
यदि कोही अविवाहितको मृत्यु भएको छ र उस्को तिथि थाहा छैन भने आश्विन कृष्ण पंचमी (असोज २ गते) श्राद्ध गर्न सकिन्छ ।
आश्विन कृष्ण नवमी (असोज ६)
यो तिथिमा पतिभन्दा पहिले मृत्यु भएका महिलाहरुको श्राद्ध गर्न सकिन्छ । यो तिथिमा परिवारका सम्पूर्ण महिलाहरु जस्को तिथि थाहा छैन उनीहरुको श्राद्ध गर्दा पितृले फल पाउने विश्वास गरिन्छ ।
आश्विन कृष्ण एकादशी (असोज ८ )
आश्विन कृष्ण एकादशी तिथिमा जो संन्यासी भएका थिए उनीहरुको श्राद्ध गर्न सकिनेछ ।
आश्विन कृष्ण त्रयोदशी (असोज ९)
मृत बच्चाहरुको श्राद्ध पितृ पक्षको त्रयोदशी तिथिमा गर्ने गरिन्छ ।
आश्विन कृष्ण चतुर्दशी (असोज १०)
आत्माहत्या या कुनै दुर्घटनामा परी ज्यान जानेहरुको श्राद्ध आश्विन कृष्ण चतुर्दशीको दिन गरिन्छ ।
सर्वपितृमोक्ष अमावस्या (असोज ११)
यो पितृ पक्षको अन्तिम तिथि हो । यदि पितृ पक्षमा कसैको श्राद्ध गर्न भुलिएको छ भने यो तिथिमा श्राद्ध गर्न सकिन्छ ।