सुन्दा पनि मन काप्ने काम गरेका छन् एक चिकित्सकले । अमेरिकाको इण्डियाना राज्यका एक पूर्व चिकित्सकले यस्तो हरकत गरेर संसारलाई नै अचम्ममा पारेका छन् ।
गर्भपतन सेवा उपलब्ध गराउने उलिन्च क्लोफरको घरबाट झण्डै दुई हजार मानव भ्रुणको अवशेष फेला पारिएको हो । उनले उक्त भ्रुणहरुलाई औषधि राखेर सुरक्षित तरिकाले राखेको पाइएको छ । तर, ती डाक्टर जिउँदा हुँदासम्म यसबारेमा कसैले थाहा पाएन । जब उनको सेप्टेम्बर ३ मा मृत्यु भएपछि बल्ल उनको परिवारले यस्तो कुरा थाहा पाएर प्रहरीलाई खबर गरेको हो ।
वि काउन्टीको सेरिफ कार्यालयले एक विज्ञप्ति जारी गरेर यस्तो घटनामा डा. क्लोपफर संलग्न रहेको जानकारी गराएको हो ।
प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको हो ।
राज्यकै चर्चित गर्भपतन सम्बन्धी चर्चित चिकित्सक मानिएका उनले धेरै वर्षदेखि इन्डियाना काउन्टीका हजारौलाई यस सम्बन्धी सेवा दिएका थिए ।
ती चिकित्सकले गर्भपतन सम्बन्धी सरकारी नियमको पालना नगरेको, अस्पतालमा कर्मचारी नराखेको लगायतका विभिन्न केससहित सन् २०१६ मा इण्डियानाको मेडिकल लाइसेन्सिङ बोर्डले ती चिकित्सकको लाइसेन्स समेत रद्ध गरेको थियो । त्यसपछि उनले गर्भपतन सम्बन्धी सेवा बन्द गरेको साउथ बेन्ड ट्रिब्युन मिडियाले लेखेको छ ।
उनले संकलन गरेर राखेका ती भ्रुणका अवशेष सम्बन्धमा इण्डियनाको जीवनको अधिकार भन्ने एकसंस्थाले चिकित्सकको यस्तो कार्यले सबैलाई त्रसित बनाएको समेत बताएको छ ।