प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिए ।
प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने अधिकारीले बताए । यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए ।
सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने छन् ।