चुलो छोएको निहँमा एक दलित महिला माथि जुत्ताको माला लगाई कुटपिट

कालिकोटमा चुलो छोएको नाउँमा एक दलित महिला माथि कुटपिट हुनुको साथै अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाइएको छ ।

कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझा दलितमाथि थिचोमिचो र अन्याय गर्दै आएको घटना धेरै भेटिन्छ । उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी ९भाडाकुडा० सम्म दलितले बनाउँछ भनेर।



सीप चल्छ,दलितका राम्री राम्री छोरी चल्छ,पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ,मन्दिरमा माथी शिरमा गजुर, त्रिशुल, मन्दिर भित्र मुर्ती दलितले नै आरनमा फलाम जलाएर बनाएको तातो पानीमा चोपेर बनाएको चल्छ । तर उसले छुन नहुने यो कस्तो विडम्बना रु

पंधेराबाट पानी भरी ल्याउने तामाको गाग्री दलितले नै बनाएको चल्छ तर दलितले छोएको पानी नचल्ने घटनाहरू पनि विरलै देख्न सकिन्छ । वाहा ! कति रमाईलो छ है नेपाली समाज ?

जवान चल्ने, सीप चल्ने, औजार चल्ने तर उसैले खाली शरीरले छोएको पानी नचल्ने !

पानी पानी नै रंग हुदैन, जुन रंग मिसायो त्यही रंग हुन्छ । तर मान्छे मान्छे नै हो । मान्छेमा कुनै फरक हुदैन । मानिसको शारीरिक अंग चाहे हस्पिटलले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ। भौतिकवादले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बास बसि सक्यो ।

हामी जब सम्म नेपाली जातीय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु–शासन शान्ति, अमन चयन र समृद्धी हुदैन ।

सम्बन्धित समाचार