राजधानीको चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको अपरेशन गराउने क्रममा एक महिलाको मृत्यु भएको छ ।
धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गराउँदा मृत्यु भएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीको कारणले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
गुरुङ शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी थिइन् । गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताए ।
यता अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयघात ९हर्ट अट्याक० भनेको छ ।
आफन्तहरुले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि बिरामीको मृत्यु भएको भन्दै शनिबार अस्पतालमा आन्दोलन समेत गरेका थिए ।
केही समय पहिला ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृत्यु भएको थियो ।
उपचारका क्रममा ओम अस्पतालमा यस्ता खालका घटना धेरै पटक दोहोरिँदै आएको छ ।