सामान्यतया कुनै पनि बिजुलीको बल्ब किन्दा कम्पनिले त्यसमा मुश्किलले दुई तीन सालको ग्यारेन्टी दिन्छ । तथापि यो यस्तो निकै कम अवसरमा हुन्छ कि कुनै पनि बल्ब लगातार दुई तीन साल सम्म चलोस् तर तपाईंलाई यो कुरा जानेर अचम्म लाग्ला कि दुनियाँमा यस्तो पनि एउटा बल्ब छ जुन ११८ सालदेखि लगातार बलिरहेको छ । यो बल्बको आज सम्म फ्युज पनि गएको छैन ।
यो अचम्मको बल्बलाई सेंटेनियल नामबाट चिनिन्छ । क्यालिफोर्नियाको लिवरमोर शहरको दमकल केन्द्रमा राखिएको यस बल्बलाई शेल्बी इलेक्ट्रोनिक कम्पनीले बनाएको थियो जसलाई वर्ष १९०१ मा पहिलो चोटी जलाइएको थियो । तबदेखि अहिलेसम्म यो बल्ब बलिरहेको छ ।
मिडिया रिपोर्टको अनुसार साल १९३७ मा बिजुलीको तार बदल्नको लागि यस बल्बलाई पहिलो चोटी बन्द गरिएको थियो र तार बदलेपछि त्यसलाई फेरि जलाइएको थियो । यस बल्बको नाम गिनीज बुक अफ वर्ल्ड रिकर्डमा दर्ता गरिएको छ । यस बल्बको निगरानी सीसीटीवी क्यामराद्वारा गरिएको हुन्छ ।
चार वाट बिजुलीद्वारा चलेको यो बल्ब २४ घण्टा बल्दछ । साल २००१ म यस बल्बको १०० औं जन्मदिन धुमधामसित मनाइएको थियो जसमा संगीत पार्टीको पनि आयोजना गरिएको थियो ।
यस अनौठो बल्बलाई हेर्नका लागि टाढा टाढाबाट मानिस आउँछन् । दमकल केन्द्रमा कहिलकाहीं यति भीड हुन्छ कि मानौं यो कुनै म्यूजियम हो ।
साल २०१३ मा यो बल्ब आफै बन्द भयो तब मानिसहरुलाई लाग्यो कि शायद बल्बको फ्यूज गयो तर जब जाँच गरियो तब यो थाहा भयो कि तारमा खराबी देखियो । यसपछि तारलाई बदलियो र बल्ब फेरि जल्न थाल्यो ।